हिज भएको विमान दुर्घटनामा मर्नेको संख्या ५१ पुग्यो |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति

 

सम्वन्धित समाचार

Leave a Comment