विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो, एकदिवसीय मान्यता पाउने बाटो खुल्यो

काठमाडौं – हङकङ नेपालसँग पाँच विकेटले पराजित भएको छ। सुरूदेखी नै नेपालको ब्याटिङ धर्मराएपछि नेपालले जीतका लागि ४०.४ ओभरसम्म कुर्नुपर्यो। आजको खेलमा पनि नेपाली ब्याट्सम्यानहरू चल्न सकेनन्। नेपालको जीतका लागि रोहित कुमार र सोमपाल कामीको ८५ रनको साझेदारी महत्वपूर्ण रह्यो।

समूह ‘बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ। नेपाल समूहमा तेस्रो भएको छ।

हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४०.४ ओभरमा पार गर्यो।

नेपालका लागि सोमपाल कामी र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर‍्‍याएका थिए ।
रोहित ४८ रनमा नटआउट रहँदा सोमपालले ३७ रन जोडे। दुवै ब्याट्सम्यानले ५-५ चौका प्रहार गरे।

त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले २६ रनको योगदान दिए। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले १२-१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे। नेपालले अब प्लेअफमा अर्को समूहको पुछारमा रहेको पपुवा न्यु गिनीको सामना गर्नेछ।

सम्वन्धित समाचार

Leave a Comment