विश्वकप छनोट: नेपाल लाई ३०० बढीको टार्गेट हुने, यस्तो छ अहिले खेलको परिणाम

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ ।

सुरुवातमै जिम्बावेका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भएका छन् । ओपनर बलरका रुपमा सोमपाल कामीले बलिङ गरे । उनले पहिलो ओभरमा ५ बल डट फाले पनि एक बलमा भने जुवाओले छक्का प्रहार गरे ।

त्यस्तै दोस्रो ओभर कप्तान पारस खड्का आफै बलिङ गर्न आए तर यो ओभर नेपालका लागि निकै महंगो सावित भयो । पारसले एकै ओभरमा १६ रन दिए ।

त्यस्तै तेस्रो ओभर सोमपालले १८ रन खर्चिए । अरु बलरभन्दा डेब्यू गरेका ललित राजवंशी कम खर्चिला देखिएका छन् उनले चार ओभर बलिङ गर्दै २० रन दिएका छन् ।

सोमपाल कामीले २ ओभरमा २४ रन, पारस खड्काले एक ओभरमा १६ रन, वसन्त रेग्मीले ३ ओभरमा २२ रन दिएका छन् । त्यस्तै सन्दीप लामिछानेले दुई ओभरमा १८ रन दिएका छन् ।

टी–ट्वेन्टी फर्म्याटमा जस्तै जिम्बावेका ब्याट्म्यानले नेपाली बलरलाई चुटिरहेका छन् । १२ ओभरको समाप्तिमा जिम्बावेले एक विकेटको क्षतिमा १०० रन बनाएको छ ।

कुनै पनि फर्म्याटको क्रिकेटमा नेपालले जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो । अनुभवी खेलाडीहरुको बाहुल्य रहेको टेष्ट मान्यताप्राप्त टोली जिम्बावे नेपाली टोलीका लागि कठिन चुनौति हो ।

यो समाचार तयार पार्दा सम्म जिम्बाबे ३७ ओभरको खेल सकिदा 2४८ रन ४ विकेट गुमाएर खेलिरहेको छ !! येस्तई तरिका ले खेल भयो भने ३०० भन्दा बढीको टार्गेट नेपाल ले खेल्नपर्ने छ !

सम्वन्धित समाचार

Leave a Comment