एक शिक्षक: जसले कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउँछन्

एजेन्सी: केही दिनयता एकजना व्यक्तिको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यी व्यक्तिले अन्य मानिसले कल्पना समेत नगरेको विधि प्रयोग गरेर कम्प्युटरको ज्ञान दिएपछि उनी अहिले हिट भएका हुन् ।

यी व्यक्तिले कुनै पनि ल्‍याप्टप या डेस्कटप कम्प्युटरको सहयोग नै नलिई मज्जाले कम्प्युटर सिकाउँछन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । तर सत्य यही हो, यी शिक्षकले ब्ल्‍याक बोर्डमै कम्प्युटरका सबै पार्ट्सको तस्बिर बनाएर विद्यार्थीलाई कम्प्‍युटर शिक्षामा पोख्त बनाउँछन् ।

कुनै कम्प्यूटरको सहयोग नै नलिई आफ्ना विद्यार्थीलाई कम्प्युटर प्रशिक्षण दिए अद्भुत काम गरेका यी व्यक्ति हुन् अफ्रिकन मुलुक घानाको कुमासी क्षेत्रका बासिन्दा ।

समाचार अनुसार घानाको कुमासी इलाका निवासी रिचर्ड एप्पिया एकोटोले नामका एक शिक्षकले आफ्ना छात्रा छात्रालाई दैनिक कम्प्युटरको सहयोग नै नलिई कम्प्युटरको कम्प्यूटर प्रौद्योगिकीको शिक्षा दिइरहेका छन् । उनी स्कुलको क्लासरूममा रहेको एक कालोपाटीको सहयोगमा कम्प्युटर शिक्षा दिन्छन् ।

सम्वन्धित समाचार

Leave a Comment