हाम्रो पात्रोले ल्यायो नयाँ डिक्सनरी, इन्टरनेट नभए पनि हेर्न मिल्ने

काठमाडौं, १९ फागुन– नेपाली पात्रोले नयाँ संस्करणको एप  सर्वाजनिक गरेको छ । आज (शनिवार) पत्रकार सम्मेलन गरी हाम्रो पात्रोले नयाँ अफलाइन अङग्रेजी– नेपाली डिक्सनरी एप सार्वजनिक गरेको हो ।

एण्ड्रोइडमा मात्र उपलब्ध उक्त एप नेपालकै पहिलो भएको हाम्रो पात्राको दावी छ ।

यसमा नेपाली शब्दका अंग्रजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न सकिनेछ भने अनलाईनमा शब्द दर्साउने तस्बिर पनि उपलब्ध भएको नेपाली पात्रोका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले बताए ।

‘यस भन्दा पहिले हामीले नेपाली विद्यार्थीलाई लक्षित गरी बनाइएको थियो,’ प्रबन्ध निर्देशक देवकोटाले भने, ‘अहिले हामीले सबैलाई लक्षित गरी ल्याएका छौं । यसमा शब्दको अर्थसंगै शब्दको अडियो र अर्थ प्रष्ट्याउने फोटो पनि हेर्न सकिन्छ ।’

नेपाली भाषाका वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद चूडामणि गौतमले यस शव्दकोष एपको नयाँ संकरणमा ३० हजार नेपाली शब्द तथा २२ हजार अंग्रेजी शब्द उपलब्ध गराएका छन् । नेपाली शब्दको बिग्रिएकोप्रति दुःख व्यक्त गर्दै भाषाविद् गौतमले भने, ‘यसमा यति धेरै शब्द छन् यसले नेपाली लेखक, पत्रकार तथा अरुलाई नेपाली शुद्ध शब्द उच्चारण सिक्नेछन् ।’

सम्वन्धित समाचार

Leave a Comment